२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नयाँ बसपार्कको एक होटलमा ललितपुर धापाखेलका युवक मृत फेला



काठमाडौं
२५ पुस । काठमाडौंको नयाँ बसपार्क गोगबुस्थित एक होटलमा ललितपुर धापाखेलका एक युवक मृत फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २६ गोगंबु नयाँबसपार्कस्थित होटल बाल कुमारीमा ललितपुर महानगरपालिका २३ धापाखेल घर भएका ४४ बर्षीय निरज कुमार बस्नेत बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
साथै नागार्जुन नगरपालिका ७ सोतिगाउँ डेरा गरी बस्ने मोरङ घर भएका ५७ वर्षीय ठोमबहादुर दमाई आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेका जानकारी दिएकोे छ ।

 

 

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ३ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।