२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘गोर्खा वारियर’का निर्देशक मिलन चाम्सले गरे विकाश बोर्डले सहयोग नगरेको गुनासो



१२ माघ । चलचित्र ‘गोर्खा वारियर’का निर्देशक मिलन चाम्सले विकाश बोर्डले सहयोग नगरेको गुनासो गुनासो गरेका छन् ।
निर्देशक मिलन चाक्सले अन्तराष्ट्रिय स्तरको युद्धको कथा रहेको चलचित्र ‘गोर्खा वारियर’ निर्माण गरेर वेलायतमा ऐतिहाँसिक प्रिमियर आयोजना गर्दा समेत चलचित्र विशाश बोर्डले एउटा शुभकामना समेत नदिएको भन्दै दुखेसो पोखेका हुन् । उनले सरकारी संयन्त्रलाई कार्यक्रममा सहभागी हुन निमन्त्रणा दिदा धन्यवाद समेत नभनेको भन्दै रोष प्रकट गरेका छन् ।


वेलायतका प्रधानमन्त्री ऋषि सुनकले चलचित्रको प्रिमियरमा शुभकामना दिएकोमा उनले खुशी व्यक्त गरे । उनले भने, ‘वेलायती प्रधानमन्त्री सुनकको शुभकामनाका कारण प्रिमियर कार्यक्रम गर्न सझिलो भएको थियो ।’
उनले पछिल्लो समय चलचित्र क्षेत्र धरासाही अवस्थामा रहेको र नेपाली चलचित्रका मायाँ हुनेहरुले धानेको बताए ।
कलाकारहरुले सोसल मिडियामा एउटा शेयर गर्न समेत कन्जुस्याई गरेको उनको दुःख मनाउ थियो ।

 

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ३ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।