२२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको इमाडोलबाट कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ



ललितपुर
१७ माघ । ललितपुरको इमाडोलबाट कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ गरेको छ ।
प्रहरीले २ लाख ९० हजार रूपैयाँ ठगी गरेको अभियोगमा सिरहा बिष्णुपुर गाउँपालिका २ घर भई ललितपुर महालक्ष्मी नगरपालिका ४ ईमाडोल बस्ने २४ वर्षीय मनोज कुमार साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
साहले १ जनालाई वैदेशिक रोजगारीका लागि कतार पठाई प्रतिष्ठित कम्पनीमा मासिक ४५ हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  २ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।