२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर चापागाँउको टहरामा आगलागी, बृद्ध कान्छा महर्जनको मृत्यु



ललितखबर
२६ माघ । ललितपुरको चापागाँउमा एक टहरामा आगलागी हुँदा एक बृद्धको मृत्यु भएको छ ।
गोदावरी नगरपालिका ११ बुलुपार्कनजिक टहरामा बस्दै आएका ६५ वर्षीय कान्छा महर्जनको बिहीबार राति आगलागीपछि आगोले महर्जनको जलेर मृत्यु भएको महानगरिय प्रहरी बृत्त चापागाँउका डिएसपिकृष्णकुमार चन्दले ललितखबरलाई जानकारी दिएका छन् ।
उनका अनुसार राती ११ बजे आगलागी भएको देखेपछि स्थानीयले आगो निभाएका थिए । प्रहरी बृत्तबाट पुगेको टोलीले जलेको टहराबाट शव निकालेर पोष्ट मार्टमका लागि पाटन अस्पताल पठाएको छ ।
आगलागीका कारण टहरा समेत पूर्णरूपमा क्षति भएको छ ।
आफ्नै जस्ताको टहरोमा आगलागी हुँदा सोही आगोले जलेर उनको मृत्यु भएको डिएसपि चन्दको भनाई छ । बृद्ध महर्जन एक्लै टहरामा बस्दै आएका थिए । उनी हत्तपत्त घटराबाट निस्कदैनथे । टहरामा दाउरा कपडालगायत सरसामान रहेकाले आगलागी हुन सहयोग गरेको डिएसपि चन्द बताउछन् । उनको मानसिक अवस्था कमजोर रहेको स्थानीयको भनाई उदृत गर्दै महर्जनले भने, ‘घटनाका सम्बन्धमा कुनै शंकास्पद सुराक प्राप्त भएको छैन । हामी अनुसन्धान गरिरहेका छौं ।’
चुरोटको ठूटोबाट आगलागी भएको हुनसक्ने शंका रहेको डिएसपि चन्द बताउछन् । उनको आगलागीकै क्रममा घटनास्थलमै मृत्यु भएको थियो भने शरिर पूण्र्चा रुपमा जलेको थियो ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ९ : ३४ बजे