२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको सानागाँउ सडकमा पानी ट्याङ्करको ठक्करपछि स्कुटर चालक युवकको मृत्यु



ललितपुर
१४ फागुन । ललितपुरको सानागाँउमा पानी ट्याङ्करले स्कुटरलाई ठक्कर दिदा एक युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका ६ लुभु सानागाउँ स्कुल चोकमा बा.३ ख ८५८५ नम्बरको ट्याङकरले बागमती प्रदेश ०२–०३४ प ७३२८ नम्बरको स्कुटरमा सवार युवकलाई ठक्कर दिएको थियो ।
सोमबार बिहान ठक्कर दिएपछि स्कुटर चालक महालक्ष्मी नगरपालिका ८ शंखदेवी चारघरे घर भएकी १७ वर्षीय सोहन राईको मृत्यु भएको प्रहरीको भनाई छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको इमाडोलस्थित किष्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी कारवाहीको प्रकृया सुरु गरेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

यस समाचारमा युवक हुनु पर्नेमा युवती पर्न गएकोमा क्षमा सहित सच्याइएको छ । सम्पादक

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ४ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।