३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


ललितपुर महानगरले कोरियाको चेओरवन सहरसँग भगिनी सम्बन्ध जोड्दै



१६ फागुन । ललितपुर महानगरपालिका र दक्षिण कोरियाको चेओरवन सहरबीच भगिनी सम्बन्ध जोड्नेबारे कुराकानी भएको छ ।ललितपुर महानगरको निमन्त्रणामा आएका चेओरवनका मेयर ली ह्युन जोङसहितको प्रतिनिधिमण्डलले अबको भ्रमणमा भगिनी सम्बन्ध कायम गर्ने गरी आउने प्रतिबद्धता जनाएको छ ।

ललितपुर महानगरमा भैरहेका असल अभ्यासहरू हेर्न र जान्न चेओरवन सहरका मेयरसहितको प्रतिनिधिमण्डल तीनदिने भ्रमणमा आएको हो । अवलोकन भ्रमणका क्रममा मेयर जोङले ललितपुरको कला, संस्कृति र सम्पदाबाट आफू प्रभावित भएको बताए ।

ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले चेओरवन सहर र ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम गर्न यो भ्रमण महत्त्वपूर्ण रहेको बताए ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ५ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।