३० फागुन । काठमाडौंको जडिबुटीबाट बेपत्ता भएका ६० वर्षीय अर्जुन लामा चोभारमा मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार चोभारस्थित मञ्जुश्रीपार्क नजिकै बिहीबार लामाको शव भेटिएको हो ।
शव भेटिएपछि खोजतलासका लागि निवेदन दिएकाहरुको हुलिया हेर्दा जडिबुटीबाट हराएकै अर्जुन लामाको शव पुष्टी भएको प्रहरीले बताएको छ । लामाको परिवारले २२ फागुनमा घरबाट निस्किएका बुबा सम्पर्कविहीन भएको भन्दै खोजतलासका लागि प्रहरी वृत्त, बानेश्वरमा निवेदन दिएका थिए ।
अहिले उनको शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया