३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


गायिका बबिनाले नाच्दै गाँउदै ल्याइन् ‘टुना मुना’



काठमाडौं 
३ चैत्र । गायिका बबिना भट्टराईले नयाँ गीत “टुना मुना“ सार्वजनिक गरेकी छिन् । सो गीत गायिकाले स्वर मात्रै भरेकी छैनन् । भिडियोमा नाचेकी पनि छिन् ।
युवा र युवतिको फकाउने र तर्किने शब्द समेटेर गीतका शब्द तयार गरिएको छ भने गीतको शब्द र संगीत समेत बबिना भट्टराईको नै रहेको छ ।

गीतमा बबिना संगै बैकुण्ठ प्रधानको स्वर रहेको छ । महाराज थापाले संगीत संयोजन गरेको गीत नकुल कार्कीले रेकर्ड गरेका हुन् ।
बबिना सङै बुद्धि तामाङ फिचर्ड गीतको भिडियो प्रकाश खड्काको समुहले खिचेको हो । भिडियोमा केशव राज भट्टको कोरियोग्राफी र निर्देशन रहेको छ । माया प्रेम समेटिएको गीतलाई दर्शकले मन पराउने अपेक्षा गरिएको छ ।

 

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  २ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।