५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘महाजात्रा’ मा समावेश ‘साथी’ बोलको गीत सार्वजनिक(भिडियाेसहित)



१३ चैत । प्रदर्शनरत फिल्म ‘महाजात्रा’ समावेश ‘मुरी मुरी साथी’ बोलको गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा फडिन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बीचको मित्रतालाई प्रस्तुत गरिएको छ।
हर्क साउदको शब्द रहेको गीतमा कालीप्रसाद बाँस्कोटाले संगीत र स्वर सुन्न सकिन्छ। गीतको भिडियोलाई छायांकन निर्देशक पुरुषोत्तम प्रधानले खिचेका हुन्। सार्वजनिक गीतमा फिल्ममा उनीहरू बीच शृंखलावद्ध रुपमा आउने उतारचढावसँगै झाँगिएको मित्रतालाई प्रस्तुत गरिएको निर्देशक तथा लेखक प्रदीप भट्टराईले बताए।

गत चैत ९ गतेदेखि प्रदर्शनरत ‘महाजात्रा’ तीन दिनमा चार करोड २६ लाखको ग्रस कलेक्सन गरिसकेको छ। यो फिल्म म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त लगानीमा बनेको हो। यस फिल्ममा वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  १ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।