२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता विपिन कार्की निःशुल्क पनि अभिनय गर्छन्, अभिनेत्री बर्षालाई पारिश्रमिक थोरै



१६ चैत्र । अभिनेता विपिन कार्कीले चलचित्रहरुमा निःशुल्क अभिनय गरेको खुलासा गरेका छन् । उनले जेठ ३० गतेदेखि प्रर्दशनमा आउन लागेको चलचित्र रेड सुडकेसमा निःशुल्क अभिनय गरेको एक अन्र्तवार्तामा बताएका छन् ।
उनले चलचित्रको रोल मन परे पैसा प्रमुख नहुने बताए । कतिपय चलचित्रमा पारिश्रमिकमा बार्गेनिङ नै नगर्ने उनको भनाई छ । उनले धेरै पैसा पाउने लोभमा मन नपरेको चलचित्रमा अभिनय गर्ने गरेको उनले बताए ।
पैसाको सधै अभाव हुने तर पैसा पाए भन्दैमा चलचित्रमा अभिनय नगर्ने बताए । उनले कतिपय ठाँउमा निशुल्क भ्वाइसओभर गरेका छन् ।
तर अभिनेत्री बर्षाले भने अभिनेताभन्दा अभिनेत्रीहरुका लागि ज्यादै थोरै पारिश्रमिक दिने गरेकोमा असन्तुष्टि व्यक्त गरिन् ।
चलचित्रका हिरोभन्दा आधा पनि नदिने उनको भनाई छ । तर चलचित्रको प्रमोसनमा चाही पेलाउने गरेकोमा उनको असन्तुष्टि छ । अभिनेत्रीहरुलाई चलचित्रको प्रमोसनका लागि मात्रै लिइने गरिएको छ । चलचित्रमा हिरोएनलाई शोकेषको रुपमा मात्रै अभिनेत्रीहरुलाई खेलाइएको भन्दै अभिनेत्री बर्षाले असन्तुष्टि जनाइन् । अभिनेता विपिन कार्कीले अभिनेत्रीहरुले पारिश्रमिकको यो विषय उठाउनु पर्ने तर्क गरे ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ३ : ४८ बजे