३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


चलचित्र ‘पुजार सार्की’मा अभिनेता पल शाह जातीय विभेदविरूद्ध बन्दुक बोकेर उत्रदै



१७ चैत्र । चलचित्र ‘पुजार सार्की’को पोस्टरमार्फत अभिनेता पल शाहको चरित्र चित्रण गर्दै पात्रको अवतार सार्वजनिक गरिएको छ ।
सामाजिक सञ्जालमाफत उनी (मेघराज खत्री) (मेगेजी)को रुपमा चलचित्रमा आउन लागेको तथ्य बाहिरिएको हो ।
सार्वजनिक पोस्टरमा पल शाह हातमा बन्दुक बोकेर उभिएका छन् । पोस्टरमा मैलो सर्ट पाइन्टसँगै इष्टकोट लगाएका शाह ठ्याक्कै गाउँले ठिटो झैं लाग्छन् ।
चलचित्र जातीय विभेदविरुद्ध निर्माण गरिएको छ । पञ्चायतकालिन गाउँले जीवनमा आधारित निर्माण गरिएको यो चलचित्र कास्कीको रुपाकोटमा छायांकन गरिएको थियो । चलचित्रको पटकथा लेखक विकास सुवेदी लेखेका हुन् ।
यस चलचित्रको प्रदर्शन मिती अहिलेसम्म घोषणा गरिएको छैन । चलचित्रमा प्रदीप खड्का, आर्यन सिग्देल, अञ्जना बराइली र परिक्षा लिम्बुको समेत अभिनय गरेका छन् ।
पछिल्लो समय बलात्कारको आरोप, जेलजीवन र निर्दोष पुष्टि भएपछि पहिलोपल्ट चलचित्रमा अभिनेताको रुपमा चलचित्रको पर्दामा शाह देखिदैछन् । उनी केही समयसम्म म्युजिक भिडियोमा अभिनय गरिरहेका थिए ।

 

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  ७ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।