५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायक राजेशपायल राई मध्यराती पक्राउ



काठमाडौं
२२ चैत्र । राजधानीको नयाँ बानेश्वरबाट गायक राजेशपायल राई गएको मध्यराती मदिरा सेवन गरेर होहल्ला गरेको अभियोगमा पक्राउ परेका छन् ।
म्हानगरिय प्रहरी बृत्त बानेश्वरले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गायक राई सहित अन्य ८ जना रहेको काठमाडौं प्रहरी परिसरका पवक्ता नवराज अधिकारीले ललितखबरलाई बताए । गायक राईसहित युवाहरु अहिले महानगरिय प्रहरी बृत्त बानेश्वरमा राखिएको छ ।
उनीहरु राति २ बजे काठमाडौंको नयाँ बानेश्वरको देवीनगरबाट पक्राउ परेका थिए ।
मध्यराती सडकमा होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेको र प्रहरीले घटनास्थलमा पुगेर सम्झाई बुझाई घर फर्काउने कोसिस गर्दा उल्टै प्रहरीलाई नै धम्क्याएपछि पक्राउ गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए ।
उनका अनुसार राई लगायतका युवाहरुले रक्सी खाएर होहल्ला गरेपछि गरेका थिए । एक रेष्टुरेण्टअगाडि राईलगायतको समूहले मादक पर्दार्थ सेवन गरेर झगडा गरेका थिए ।
राजधानीका रेष्टुरेण्टहरु पछिल्लो समय मध्यरातसम्म खुल्ने गरेका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  २ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।