२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘बोक्सीको घर’को ‘बुझिन मैले’ले पायो ८० लाख दर्शक



११ वैशाख । पछिल्लो समय सामाजिक सञ्जालमा ‘बुझिन मैले, बुझाईदेउ कसैले’ बोलको गीत भाइरल छ ।
चर्चित गायिका समिक्षा अधिकारीले गाएको यो गीत वैशाख १४ गतेबाट देशभरका चलचित्र भवनहरुमा प्रर्दशन हुन लागेको चलचित्र ‘बोक्सीको घर’को गीत हो ।
चैत्र २० गते ओएसआर डिजिटल युट्युव च्यानलबाट प्रशारण भएको यो गीतले २१ दिनमा गत मंगलबार साँझसम्म ८० लाख २० हजार दर्शकले हेरिसकेका छन् ।
यस चलचित्रको ट्रेलरले करिव १७ लाख दर्शकको साथ पाए पनि गीतले भने अभूतपुर्व साथ पाइरहेको छ ।
यो गीतमा प्रकाश सपुतले संगीत भर्नुका साथै उनकैको शव्द रचना रहेको छ ।
यस चलचित्र ‘बोक्सीको घर’ सेन्सर बोर्डबाट यूनिभर्सल (यू) सर्टिफिकेट पाएको छ । यूनिभर्सल (यू) सर्टिफिकेट भन्नाले यो चलचित्र अब सबै उमेरका दर्शकले हेर्न पाउने छन् ।
सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रमा केकी अधिकारी, श्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला, सुपला सापकोटा आदि कलाकारको अभिनय छ ।

‘बोक्सी’ कुप्रथालाई चित्रण गरिएको यस चलचित्र निर्देशक भारतीका अनुसार सामाजिक थ्रिलर जनरामा निर्माण भएको हो ।

केकी अधिकारी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको यो अभिनेत्री अधिकारीका वावु बद्री अधिकारी निर्माता रुपमा रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन्

लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको यो चलचित्रमा शिवराम श्रेष्ठको छायांकन गरेका छन् । चलचित्रमा लोकेश बज्राचार्यको सम्पादन छ ।

 

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  १२ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।