६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर महानगर एनजिओलाई बजेट बाँड्दै, महानगर भित्रै असन्तुष्टि



पाटन (ललितपुर)
१४ वैशाख । ललितपुर महानगरले एक एनजिओलाई आर्थिक सहयोग गरेको छ ।
महानगरले खुट्टा गुमाएका सात जनालाई कृत्रिम खुट्टा राख्न भन्दै सुन्दर ढोका साथीसेवा नामको एनजिओलाई महानगरको बजेट दिएको हो ।
महानगरपालिकाले उक्त संस्थालाई रु चार लाख ४३ हजार पाँच सयको चेक बिहीबार प्रदान गरेको हो ।
विसं २०७२ को भूकम्पमा खुट्टा गुमाएका सात बालबालिकालाई कृत्रिम खुट्टाको व्यवस्थाका लागि उक्त रकम प्रदान गरिएको महानगरप्रमुख चिरीबाबु महर्जनले बताए ।
जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिवृद्धि गर्न विनियोजन गरेको रकम तालिममा खर्च नगरी एनजिओलाई दिएको महर्जनले बताएका छन् ।
सुन्दर ढोका साथीसेवाका अध्यक्ष कोषविलास अधिकारीले सरकारी बजेट पाएपछि खुशी हुँदै महानरलाई कृतज्ञता व्यक्त गरे ।
महानगरका मेयर चिरिबाबु महर्जनले आफूखुशी थुप्रै बजेट खर्च गर्दा महानरको अर्थिक पारदर्शितामा प्रश्न उठ्ने गरेको छ ।
अर्थिक बर्ष ०७९ ८० मा महानगरको बजेटमा रू.६१ करोड ८९ लाख ७२ हजार बेरुजु देखिएको थियो । मेयर महर्जनले आफूखुशी बजेट विभिन्न एनजिओलाई दिने र प्रचारबाजी गर्ने गरेको विषयमा महानगरका कर्मचारी र जनप्रतिनिधि रुष्ट छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ३ : ५५ बजे