६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र मनसरामा बाहुनको जनै चुडेको विवादास्पद दृश्य अनि लिम्बुवानको प्रसंग



ललितखबर
२१ वैशाख । चलचित्र मनसरामा केही विवादास्पद दृश्य रहेको पाइएको छ । चलचित्रको प्रिमियरको क्रममा चलचित्रमा बाहुन पात्र ददिराम पोखरेल (प्रविण पोखरेल)को मेनुका प्रधानले जनै चुडालिदिएको दृश्य रहेको पाइएको छ ।
बाहुन क्षेत्रीले आफ्नो धर्म संस्कृतीको प्रतिकको रुपमा जनै लगाउने गर्दछन् । यस्तो दृश्यले संस्कृतीमाथि प्रहार भएको प्रसंग प्रिमियरको क्रममा पत्रकारले उठाएका थिए । निर्देशक उपेन्द्र सुव्वाले त्यस्तो छैन होला भन्दै जवाफ फर्काएका थिए । उनले एउटा पात्र सम्झेर अगाडि बढ्ने हो भने त्यस्तो हैन होला भन्दै प्रतिवाद गरेका थिए ।
चलचित्रमा लिम्बुवानको प्रसंग चलचित्रमा राखिएको छ । पछिल्लो समय साविक एक नम्बर प्रदेश कोशी प्रदेश राखेपछि लिम्बुवान प्रदेश हुनुपर्ने माग उठेको छ । तर संसदले पारित नगर्दा विवाद कायमै छ ।
चलचित्रको कतिपय दृश्य हेर्दा बाहुन पात्रको खिल्ली उडाइएको हो कि भन्ने आशंका उत्पन्न हुन्छ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  २ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।