१९ माघ २०८२, आइतबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता अनमोल केसी भन्छन्,‘ अभिनयको ‘अ’ नबुझ्दा पनि दर्शकले साथ दिए’



३१ वैशाख । युवाहरुमाझ चर्चित अभिनेता अनमोल केसीले आफूले अभिनय क्षमता नै नहुँदा पनि चलचित्र खेलेको स्वीकार गरेका छन् ।
एक टेलिभिजन कार्यक्रमलाई अन्र्तवार्ता दिने क्रममा अभिनेता केसीले चलचित्र करियरको सुरुका दिनहरुमा अभिनयको ‘अ’ नबुझ्दा पनि दर्शकले साथ दिएको बताएका छन् ।
अन्र्तवार्तामा क्रममा उनले चलचित्र ‘फर्की फर्की’ हलिउडको एक चलचित्रको कपि गरेको आरोपको खण्डन गर्दै चलचित्र कपि गरेको प्रमाणित भए आफ्ना अरु चलचित्र नहेर्न आह्वान गरे ।
चलचित्रमा एउटै सिन राख्दैमा चलचित्र कपि गरेको नहुने तर्क गर्दै चलचित्र खेल्नुअघि त्यो चलचित्र हेरेको समेत स्वीकार गरे ।
उनले आफू परिपक्क अभिनेता नभएको स्वीकार गरेका छन् । उनले चलचित्र छड्के २ असफल भएपछि दर्शकसँग माफी मागेको प्रसंगमा चलचित्र सफल हुँदा खुशी साट्ने अनि आफू चलचित्र असफल हुँदा जिम्मेवारी लिएको बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  २ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।