११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


कलंकी क्षेत्रमा गुण्डागर्दी गर्ने दुई जना पक्राउ



१७ जेठ । काठमाडौंको कलंकीमा गुण्डागर्दी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त कालिमाटीको टोलीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

पक्राउ पर्नेमा कलंकी बस्ने २६ वर्षीय सुजन कार्की र ३० वर्षीय अभिषेक सिंह छन्। कलंकी क्षेत्रमा उनीहरूको समूहले गुण्डागर्दी गरी स्‍थानीयमाथि गाली गलौज तथा विभिन्न किसिमका धाक धम्की देखाउने, हातपात गरेको प्रहरीले जनाएको छ। यसरी गुण्डागर्दी गरेको भन्दै कालिमाटी वृत्तमा जाहेरी परेको थियो।

उक्त जाहेरीको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका उनीहरूले समूहमा बसेर गुण्डागर्दी गर्ने र रकम समेत असुली गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका अभिषेक सिंह बैंकिङ कसुर मुद्दामा समेत फरार रहेको खुलेको छ। प्रहरीले पीडितहरूलाई सम्पर्कमा ल्याउने प्रयास गरिरहेको जनाएको छ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  १ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।