६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बलिउड अभिनेत्री रविना टण्डनले रक्सीको नशामा एक वृद्धालाई कुटपिट गरेको आरोप



 

काठमाडौँ
२० जेठ । बलिउड अभिनेत्री रविना टण्डन नयाँ विवादमा परेकी छन् ।

रविनाले गएराति रक्सीको नशामा एक वृद्धालाई कुटपिट गरेको आरोप लागेको छ । मुम्बईको बान्द्रास्थित रिजवी ल कलेज नजिकै रविनाको कारले एक महिलालाई सामान्य ठक्कर दिएपछि शुरु भएको विवाद बढेको थियो ।

सो घटनामा रविनाका चालकसँग महिलाका परिवारका सदस्यहरूसँग झगडा गर्न थालेपछि रविना पनि कारबाट ओर्लेर उनीहरुसँग झगडा गर्न थालेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । भिडियोमा रविनाले भीडलाई भिडियो खिच्न नदिन आग्रह गरिरहेको देखिएकी छिन् ।

सार्वजनिक भएको यो भिडियोमा रविनालाई पीडित परिवार र स्थानीय भीडले घेरेको छ । मानिसहरूले प्रहरीलाई बोलाउने कुरा गरिरहेका छन् ।

अर्कोतर्फ पीडितले प्रहरी चौकीमा उजुरी दर्ता गराउन खोजे पनि प्रहरीले कारबाही गर्न कडाइ नगरेको कुटाइ खाएकी महिलाको परिवारले बताएको छ । घाइते महिलाको उमेर ७० वर्ष रहेको बताइएको छ । उनीहरुले रविना नशामा रहेको दाबि गरेका छन् ।

सो घटनापछि रविनाका श्रीमान् अनिल थडानी मामिला सुल्झाउन प्रहरी चौकी पुगेका थिए । पीडितका परिवारका सदस्य तुरुन्तै खार प्रहरी चौकी पुगेका थिए । उनले पीडित परिवारसँग समस्या समाधान गर्ने प्रयास गरेपनि पीडित परिवार मुद्दा दर्ता नगरी मान्न तयार नदेखिएको रिपोर्टमा बताइएको छ ।

पीडितक परिवारले ४ घण्टासम्म खार प्रहरी चौकीमा पर्खिए पनि उजुरी दर्ता नभएको दाबी गरेका छन् । यद्यपी प्रहरीले यस विषयमा अनुसन्धान थालेको र थप कारबाही अघि बढाएको बताएको छ ।

 

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ६ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।