६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ



२१ जेठ । चलचित्र निर्माता सुदर्शन थापा पक्राउ परेका छन्। सोमबार दिउसो प्रहरीले पक्राउ गरी उनलाई प्रहरी वृत्त बौद्धमा राखिएको छ।

केही समय पहिले आपराधिक विश्वासघात गरेको आरोपमा ‘प्रसाद २’का निर्देशक थापा विरुद्ध सोही चलचित्रका निर्माता सुदर्शन बस्नेतले प्रहरीमा जाहेरी दिएका थिए। सो समयमा उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

आफूहरूको मन्जुरीबिना चलचित्र ‘प्रसाद २’को प्रदर्शनबाट डेढ करोड रुपैयाँ ठगी गरेको आरोप निर्माता बस्नेतको रहेको छ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  ९ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।