२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


ललितपुरमा आयुर्वेद स्वास्थ्य सेवाको निरन्तर विस्तार



ललितखबर
६ जेठ । ललितपुरमा निरन्तर रुपमा आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य सेवाको विस्तार हुँदै गएको देखिएको छ । केही बर्षअघिसम्म आयुर्वेद स्वास्थ्यबारे अनविज्ञ रहेको ललितपुरका बासिन्दा पछिल्लो समय स्वास्थ्य सेवा लिने क्रम बढेको स्वास्थ्य केन्द्रकी प्रमुख डा. श्रृष्टि श्रेष्ठ बताउछिन् । उनका अनुसार गएको गएको ११ महिनामा २५ हजारभन्दा धेरै सेवाग्राहीले आयुर्वेद चिकित्सा पद्दतीबाट स्वास्थ्य सेवा दिएको बताइन् ।
डा. श्रेष्ठले गत साउनदेखि जेठसम्मको अवधिमा स्वास्थ्य केन्द्रमा १३ हजार १७ जनाले ओपिडिी सेवा दिएको बताइन् । उनले भनिन् ‘पछिल्लो समय निरन्तर रुपमा चिकित्सा सेवा दिनेहरु बृद्धि भइरहेका छन् ।’
स्वास्थ्य सेवाकी प्रमुख डा. श्रेष्ठले स्वास्थ्य सेवा सस्तोसँगै भरपर्दो भएकाले आर्कषण बढेको बताउछिन् ।
प्रमुख डा. श्रेष्ठका अनुसार आयुर्वेद स्वास्थ्य सेवा र पद्दतीको प्रचारका लागि सञ्चारकर्मीहरुलाई यो बर्ष मात्रै दुई पटक अर्नक्रिया कार्यक्रम सम्पन्न गरिएको बताइन् । कार्यालयले विभिन्न समयमा नि शुल्क स्वास्थ्य शिविर, महिला स्वास्थ्य स्वयंसेविकालाई आयुर्वेद,
जिल्ला स्थित राष्ट्रसेवक कर्मचारीहरूलाई तनाव व्यवस्थापन तथा पूर्वकर्म सेवा कार्यक्रम,नागरिक आरोग्य सेवा केन्द्र तथा अभियान संचालन,पूर्ण स्तनपान प्रवर्धनका लागि आमा समूह र स्वास्थ्यकर्मीलाई आयुर्वेद सम्बन्धि अभिमुखिकरण,जिल्ला कारागार स्थित कैदिबन्दीलाई तनाव,आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास,सम्बन्धि पुनतार्जगी तालिम,पथ्य आहार कार्यक्रम,मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्पन्न भएका छन् ।
२०५६ सालमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, ललितपुरको स्थापना भएको थियो ।
हाल ललितपुर महानगरपालिका ताल्छिखेलमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, ललितपुरको कार्यालय रहेको छ ।
जिल्लाकाृ महालक्ष्मी ९ लामाटार,बागमती ३ छपेली,महाँकाल ३ गोटिखेल र कोञ्ज्योसोम १ चौघरेमा नागरिक आरोग्य केन्द्रमार्फत आयुर्वेद सेवा उपलव्ध छ । चापागाँउको बज्रवाराही र विशंखु नारायणमा आयुर्वेद औषधालय रहेको छ ।
गत २०८० पुस ३ गते बसेकोे बागमती प्रदेशको मन्त्रीपरिषदको निर्णय अनुसार नयाँ दरबन्दी पारित सँगै केन्द्रको नाम आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, ललितपुर कायम गरिएको थियो ।

प्रकाशित मिति : ७ असार २०८१, बिहिबार  ६ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।