६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री बर्षा सिवाकोटीले थोरै थोरै बचाएर बनाइन् आफ्नै घर



ललितखबर
१६ साउन । अभिनेत्री बर्षा सिवाकोटीले थोरै थोरै पैसा बचाएर आफूले आफ्नै घर किनेको रहस्य खोलेकी छिन् ।
एक अन्र्तवार्तामा उनले करिअरको पहिलो चलचित्र ‘नाई न भन्नु बाट कस्टुमका लागि र पारिश्रमिक वापत केही रकम पाएको बताइन् । उनले बाँकी पैसा सबै आमालाई दिएको उनको भनाई छ ।
त्यसपछिका दिनहरुमा कमाएको पैसाबाट जोगाएर अभिनेत्री सिवाकोटीले स्कूटर किनेकी थिइन् । आफूले पाँच हजार कमाए १ हजार चाँही बचाउने गरेको रहस्य खोलिन् ।


आफ्नो पैसा बचाउने बानीले ठूलो सपना आफ्नै घर जोडन सफल भएको खुशी हँुदै बताएकी छिन् ।
उनले आफ्नो वावुको मृत्युपछि करिअर नै मोडिएको खुलासा गरिन् । भनिन्, ‘म ड्याडीको योजनामा अध्ययनलाई जारी राथे । शायद यो पेशामा हुन्नथे होला ।’ अभिनेत्री बर्षाका बाबु बैकिङ करियअरमा थिए । घरपरिवार उनकै आम्दानीमा आश्रित थियो ।
वावुको मृत्युपछि अभिनेत्री बर्षाले चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् ।
यही साउन १८ गतेबाट उनको चलचित्र मोदीबेनी प्रर्दशनको तयारीमा छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ४ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।