६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र मोदीबेनीका कलाकार पोखरामा



पोखरा
२५ साउन । गतशुक्रवारबाट सुरु प्रर्दशन भएको नेपाली चलचित्र ’मोदीबेनी’का कलाकारहरू तथा निर्देशक र निर्माताको टिम पोखरा पुगेको छ।
पोखराका विभिन्न हलहरूमा दर्शकको चाप र कलाकार भेट्नको लागि माग आएको बताउँदै चलचित्र टिम पोखरा आएको हो।

कलाकारहरू रेजिना उप्रेती, अमर प्रताप श्रेष्ठ, स्नेहा भट्टराई, दीपेन्द्र गौतम, अनामिका लामिछाने, रोजी श्रेष्ठ, निर्देशक शङ्कर कोइराला, लेखक आनन्द बिक्रम क्षेत्री, निर्माताहरू दिलीप केसी तथा हरि श्रेष्ठ लगायतको टिमले बुधवार पोखराको ट्रेड मलमा रहेको क्यूएफएक्स सिनेमा तथा सभागृह चोकमा रहेको मिडटाउन सिनेमा हलमा दर्शकसँग साक्षात्कार गरेका हुन्।

भरिभराउ दर्शक भेटेपश्चात् निर्देशक शङ्कर कोइरालाले दर्शकले चलचित्रको ‘थ्रिलिङ पार्ट’लाई रुचाएको बताए। उनले बुधवार सीमित शो रहेको र भएका शो हरूमा टिकट नपाउँदा हुँदा केही दर्शक फर्किन बाध्य भएको बताए। उनले “दर्शकको प्रतिक्रिया बुझ्दा ‘वर्ड अफ माउथ’ले राम्रै काम गरेको देखिएको बताए।

यो चलचित्र डिनेष्ट इन्टरटेन्मेन्टको ब्यानरमा बनेको हो। यसमा प्रवीण खतिवडा, सरोज खनाल, जीवन भट्टराई, कमलमणि नेपाल, हिउवाला गौतम लगायतको पनि अभिनय रहेको छ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  ४ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।