१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


महानायक राजेश हमालको चलचित्र ‘नरसिंहा अवतार’की अभिनेत्री नीतिको पोस्टर सार्वजनिक



२७ साउन । महानायक राजेश हमालले ८ बर्षपछि अभिनय गर्न लागेकोे चलचित्र ‘नरसिंहा अवतार’की अभिनेत्री नीतिको पोस्टर सार्वजनिक गरिएको छ ।

निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको यस चलचित्र ‘नरसिंहाः अवतार’ यतिबेला चर्चाको विषय बनेको छ ।
यही चलचित्रबाट महानायक राजेश हमाल ८ वर्षपछि कमव्याक गर्न लागेकाले पनि यो चलचित्रका कारण फिल्म क्षेत्र गर्माएको छ ।

यही चलचित्रमा नायिका निती शाह पनि अनुबन्धित भएकी छन् । निर्माणपक्षले नितीको एउटा लुक्स सार्वजनिक गरेको छ ।

सार्वजनिक लुक्समा नितीलाई महंगो पहिरन र महंगा गहनामा सजिएकी सुन्दरीका रुपमा देखाइएको छ । चलचित्रमा उनको भूमिका के हुन्छ भन्ने निर्माण पक्षले अहिलेसम्म सस्पेन्स नै राखेको छ ।

नरसिंहाको अर्थ– भगवान विष्णुको उग्र अवतार हो। निर्माणपक्षले बिहिबार चलचित्रको घोषणा गरिएसँगै थिम पोस्टर सार्वजनिक गरेको थियो । जहाँ, थिम पोस्टरले युद्धको सङ्केत गरेको छ ।

सार्वजनिक पोस्टरमा प्रयोग गरेको दायामा रातो (आगो) र दायातर्फ निलो समुद्रको रङले चलचित्रको कथा युद्ध र शान्तिको हुने संकेत गरेको छ । शान्तिका लागि द्वन्द्व हुने थिम पोस्टरले संकेत गरेको यसले पनि चलचित्र द्वन्द्वप्रधान हुने प्रष्ट छ । आगो र पानीले आफ्नो अस्तित्व एकै ठाउँमा रहेर जोगाउन सक्दैनन् । त्यसैले यो लडाईंमा कसले जित्छ भन्ने हो । त्यसैले यसमा भरपुर एक्सन हुने अनुमान लगाउन सकिन्छ ।

क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने चलचित्र यही भदौबाट छायाङ्कनमा जाने तयारीमा रहेको छ । चलचित्रको लगानी तीन करोडभन्दा माथि हुने बताइएको छ ।
निर्देशक भट्टराईको अर्को चलचित्र ‘मायावी’ प्रदर्शनको तयारीमा छ ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ३ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।