२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सम्झना कृषि सहकारीद्वारा एसईई उतिर्ण विद्यार्थीलाई एक हजार रूपैयाँको शेयर उपहार



ललितखबर
२८ साउन । ललितपुर चापागाँउमा केन्द्रीय कार्यालय सञ्चालन गरेर कारोबार गरि रहेको सम्झना कृषि सहकारी संस्थाले एसईई उतिर्ण आफ्ना सदस्य का छोरा छोरीलाई १ हजार रूपैयाँ बराबरको शेयर सदस्य उपहार दिएको छ ।
संस्थाको १२औं बार्षिकोत्सव को अवसर पारेर ४३ जना सदस्यलाई निशुल्क शेयर सदस्य वितरण गरेको कार्यकारी अधिकृत पुरुषोत्तम हुमागाईले जानकारी दिएका छन् । सदस्य विस्तार र विद्यार्थीहरूको नियमित बचत गर्ने बानी बसालेर आर्थिक गतिविधि बढाउन निशुल्क शेयर वितरण गरेको हुमागाईले बताएका छन् ।
शेयर वितरण गरेपछि संस्थाका अध्यक्ष चुडाप्रसाद  घिमिरेले विद्यार्थीहरूलाई उच्च शिक्षाको लागि सहकारीले सहयोग गर्ने वचन दिए ।

बाल दिवसको अबसर पारेर वालवािलकाहरूका लागि संस्थाले बिशेष कार्यक्रम ल्याउने अध्यक्ष घिमिरेले उद्घोष गरेका छन् ।
अध्यक्ष घिमिरेले सहकारीको अवस्था राम्रो रहेको दाबी गर्दै ८० प्रतिशत महिलाहरू सदस्य रहेकाले गर्व गर्न लायक काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सहकारीमा २ हजार ८ सय ३१ जना शेयर सदस्य रहेका छन् । सहकारीले दक्षिण ललितपुरका कृषकहरुको कृषि उपजको उत्पादकत्व बृद्धि र बजारीकरणको क्षेत्रमा लगानी गरिरहेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार  ३ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।