६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘एक्टर’मा अभिनेता प्रदिप खड्का घाइते अवस्थामा रहेको पोस्टर सार्वजनिक



काठमाडौं
१३ भदौं । चलचित्र ‘एक्टर’का अभिनेता प्रदिप खड्का घाइते अवस्थामा रहेको पोस्टर सार्वजनिक गरिएको छ ।
पोस्टरमा प्रदीप खड्काको अनुहारभरि घाउ देखिन्छ । लामो कपालमा रहेका उनको अनुहारभरी घाउचोट लागेको आलो रगत लत्पलिएको अवस्थामा देख्दा चलचित्रमा उनी आपत विपतमा रहेको भूमिकामा छा् भन्ने अनुमान गर्न सकिन्छ । यस पोस्टरबाट उनी कसैको आक्रमणमा परेको प्रष्ट बुझिन्छ ।
हरेक चलचित्रमा विशेष भूमिका र चरित्रमा प्रस्तुत हुँदै आएका अभिनेता प्रदिपको यस चलचित्रबाट खास केही छ भन्ने दर्शकले अपेक्षा गरेका छन् ।
कालो टिसर्टमा रहेका उनी कुनै होटेल वा पवमा रहेका हुन् कि भन्ने पृष्ठभूमी हेरेर अनुमान लगाउन सकिन्छ । तर प्रष्ट भने छैन । यद्यपि, कालो टिसर्ट, मुख्य पात्रमाथिको आक्रमण र पृष्ठभूमीको कलरले कतै चलचित्रले स्याड स्टोरी त भनेको छैन भन्ने अनुमान लगाउन सकिन्छ । तर निर्माणपक्षले स्टोरी खुलाएको छैन ।
पोस्ट प्रोडक्सनमा रहेको चलचित्र ‘एक्टरः टेक वान’को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले आज थिम पोस्टर सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार  ६ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।