३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


साहित्यिक महोत्सव आयोजना गर्न आर्थिक अभाव



कार्यक्रम सकिएपछि नयाँ नम्बरबाट फोन आयो भने उठाउन पनि डर लाग्छ, कसैले चिन्छ भनेर हेलमेट लगाएर हिँड्नुपर्छ

 

काठमाडौँ
२३ भदौ । साहित्यिक महोत्सवको आयोजना गर्दा आर्थिक अभावका कारण झेल्नुपरेका पीडा र सास्तीका विषयमा आयोजककर्ताले आ–आफ्नो विचार आदानप्रदान गरेका छन् ।

तेस्रो काठमाडौँ कलिङ साहित्य महोत्सव आयोजना गर्ने सन्दर्भमा ‘साहित्यिक महोत्सवको आवश्यकता र महत्व’ शीर्षकमा आज यहाँ भएको छलफल कार्यक्रममा सहभागीहरुले आर्थिक अभाव, व्यस्तता, दौडधुपलगायत कारणले सास्ती हुने गरेको बताएका छन् । आयोजकहरुले महोत्सव गर्दाको दौडधुप र आर्थिक अभावका विषयमा अनुभव साटे ।

 

महोत्सव गर्ने बेलामा आर्थिक सहयोगको सम्झौता हुन्छ । पछि पैसा उठाउन समस्या हुने गरेको छ । सम्झौताअनुसार सहयोग पाउन सकिदैँन

इलाम साहित्य महोत्सवका आयोजक प्रकाश थाङ्सुुहाङले साहित्यिक महोत्सव सञ्चालन गर्न आवश्यक रकम अभाव हुने गरेको बताए । आर्थिक सहयोग सङ्कलन गर्दाको अनुभव सुनाउँदै उनले भने, “कार्यक्रम सकिएपछि नयाँ नम्बरबाट फोन आयो भने उठाउन पनि डर लाग्छ, कसैले चिन्छ भनेर हेलमेट लगाएर हिँड्नुपर्छ ।”

जनकपुर साहित्यक महोत्सवका आयोजक अमितकुमार शाहले अहिलेसम्म पाँचाँै संस्करण सम्पन्न गरेको जानकारी दिए । उनले महोत्सवमा आर्थिक सहयोगका लागि सम्झौता हुने गरे पनि पछि सहयोग नपाएको अनुभव सुनाए । शाहले भने, “महोत्सव गर्ने बेलामा आर्थिक सहयोगको सम्झौता हुन्छ । पछि पैसा उठाउन समस्या हुने गरेको छ । सम्झौताअनुसार सहयोग पाउन सकिदैँन ।”

साहित्यकार तथा लेखक शैलेन्द्र अधिकारीले साहित्यिक महोत्सवको मुख्य उद्देश्य पढ्ने संस्कृति विकास गर्नु रहेको बताए । उनले भने, “नेपाली साहित्य र नयाँ पुस्ताबीच ठूलो खाडल छ, यो खाडललाई साहित्यका माध्यमबाट पुर्नु महोत्सवको मुख्य उद्देश्य हुन्छ ।” महोत्सवले विद्यार्थी सन्तुष्ट हुन नसकेको बताउँदै उहाँले नयाँ पुस्ताको भाषामा साहित्य बुझाउन आवश्यक रहेको बताए । उक्त सत्रको सञ्चालन सञ्चारकर्मी राधिका अधिकारीले गरेका थिए ।

 

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ४ : ५४ बजे