२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


ललितपुरमा बाल दिवसको पुर्वसन्ध्यामा १७५ जनाले प्रर्दशन गरे क्षमता



२८ भदौं । राष्ट्रिय बाल दिवसको पुर्वसन्ध्यामा ललितपुरका पूर्व प्राथमिक विद्यालयहरूले क्षमता प्रर्दशन गरेका छन् ।
अपेन ललितपुर महानगरले बृहत कार्यक्रममा कलिला बालबालिकाहरूको प्रतिभा निखार्न, नेतृत्व कला विकास गर्न, तथा आत्मविश्वास बढाउने लक्ष्यका साथ किड्स गट ट्यालन्ट २०८१ को आयोजना संगठनले गरेको हो ।
ललितपुर महानगर अपेन कि अध्यक्ष तथा किड्जी सानेपाकी प्रधानाध्यापक मुना श्रेष्ठको समन्वयमा संचालन गरिएको उक्त ट्यालेन्ट सो मा ९ वटा विद्यालयवाट १७५ जनाले सहभागिता जनाएका थिए।
ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्य बज्राचार्य तथा ललितपुर महानगरका शिक्षा शाखाका अधिकारीको आतिथ्यमा भव्यताका साथ अभिभावकहरूको समेत उपस्थितिमा उक्त ट्यालेन्ट सो सम्पन्न भएको थियो।
भाद्र १५ गते सम्पन्न गरिएको किड्स गट ट्यालन्ट २०८१ को ब्याज तथा प्रमाणपत्र वितरण गर्दै भाद्र २८ गते शुक्रबार कार्यक्रम को समापन गरिँदैछ ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ३ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।