४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


इमाडोलमा पानी तान्दा करेन्ट लागेर युवकको मृत्यु



ललितपुर
४ असोज । ललितपुरको इमाडोलमा पानी तान्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका ९ लुभु शिद्धिपुर बस्ने चितवन घर भएका ४० वर्षीय राम कृष्ण परियारको करेन्ट लागेपछि मृत्यु भएको हो ।
महालक्ष्मी नगरपालिका–४ इमाडोल गोलभट्टास्थित निर्माणाधीन घरमा पानी तान्ने मेसिन जोड्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।
उनलाई तत्काल उद्दार गरेर उपचारका लागि किष्ट अस्पतालमा पु¥याइएको थियो । उनलाई डाक्टरहरुले उपचारको क्रममा मृत घोषणा गरेका हुन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  २ : ५५ बजे