४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बलिउड निर्देशक भन्सालीद्वारा चलचित्र ’लभ एन्ड वार’को तयारी



काठमाडौँ
४ असोज । बलिउडका चर्चित निर्देशक सञ्जय लीला भन्सालीले वेब सिरिज ’हिरामाण्डीः द डायमण्ड बजार’ को सफलतापछि नयाँ चलचित्रको तयारी शुरु गरेका छन् ।

भन्सालीले नयाँ चलचित्र’लभ एन्ड वार’ को घोषणा गरिसकेका छन् र यस चलचित्रका लागि रणवीर कपुर, आलिया भट्ट र विक्की कौशल जस्ता स्टारहरूलाई लिने तय गरिसकेका छन् । यो चलचित्र सन् २०२६ मा हलमा प्रर्दशन हुनेछ ।

मिडिया रिपोर्टका अनुसार यो चलचित्र आगामी अक्टोबर २४ मा फ्लोरमा जानेछ र त्यससँगै पहिलो शेड्युल सुरु हुने बताइएको छ ।

सञ्जय लीला भन्सालीको चलचित्रको भव्यतालाई ध्यानमा राखेर यो ठूलो शेड्युल लामो हुने बताइएको छ । ‘लभ एन्ड वार’ भंसालीसँग विक्की कौशलको पहिलो सहकार्य हुनेछ, जबकि रणवीर कपूर र आलिया भट्ट यसअघि निर्देशकसँग काम गरिसकेका छन्।

रणबीरले भन्सालीको ’सावरिया’ (२००७) बाट आफ्नो अभिनयको सुरुवात गरेका थिए र आलियाले २०२२ मा ’गंगुबाई काठियावाडी’ मा अभिनय गरेकी थिइन् ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ३ : ४१ बजे