१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘ज्वाई साब’को टेलरमा श्रीमान बन्ने प्रतियोगिता



फरक खाले कथामा बनेको चलचित्र ’ज्वाइँ साब’को ट्रेलर रमाइलो र हास्यप्रधान छ

 

१७ असोज । फूलपातिदेखि प्रदर्शनमा आउने चलचित्र ’ज्वाइँ साब’ को ट्रेलरमा श्रीमान बन्ने प्रतियोगिता समेटिएको कथाबस्तु सार्वजनिक भएको छ ।

जितु नेपाल र नीति शाह अभिनीत चलचित्रको ट्रेलरमा नीतिको पात्रको श्रीमान बन्नका लागि प्रतियोगिता गरिएको र त्यसमा युवाहरूको भीड लागेको देखिन्छ ।
परिस्थितीवस जितु र नीतिले चलचित्रको पर्दामा भोगेका उतार चढावलाई देखाइएको छ ।
चलचित्रमा जितुले परिवारभित्र भोग्नु परेको अपमान र विमानस्थलसम्मको दृश्य समेटिएको छ । फरक खाले कथामा बनेको चलचित्र ’ज्वाइँ साब’को ट्रेलर रमाइलो र हास्यप्रधान छ।

चलचित्रमा जितु र नीतिका साथमा हिमेश पन्त, बुद्धि तामाङ, प्रकाश घिमिरे, रमेश बुढाथोकी, शिशिर वाङ्देल, दीपक आचार्य ‘काकु’, निमा पाण्डे, कविता आले, शिबु पाण्डे लगायत कलाकारहरूको पनि अभिनय छ।

बसन्त निरौला निर्देशित निर्माण भएको चलचित्रमा राजकुमार पण्डित प्रस्तुतकर्ता छन् । चलचित्रको निर्माता समिर पण्डित, सौगात पण्डित र पदमलाल तामाङ हुन्।

रेड आई फिल्मस्को प्रस्तुति रहेको ज्वाइँ साबको कार्यकारी निर्मातामा विजय बस्याल छन्। सबिन अधिकारीको कथा, शंकर धितालको लेखन रहेको चलचित्रलाई श्याम तामाङले छायांकन गरेका हुन्।

असोज २४ गते बिहीबारदेखि फिल्म प्रदर्शनमा आउनेछ।

 

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  १२ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।