२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल ( २०७६ मंसिर १७ गते)


१७ मंसिर २०७६, मंगलबार  

0
Shares

राशिफल मंसिर 17, २०७६ – 03 Dec, 2019, मङ्गलवार

मेष – चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् ।
वृष – परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला।
मिथुन – विछोडिएका आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त हुनेछ। रमाइलो जमघटले आनन्द दिलाउनेछ।
कर्कट – स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ। केही बाध्यतापूर्ण काममा जुट्नुपर्ला। सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन्।
सिंह – कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ।
कन्या – विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ। अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन्।
तुला – नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। मनग्य धन आर्जन हुने समय छ।
वृश्चिक– आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। तर अरूका काममा समय खर्चनुपर्ला।
धनु – शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुस्ख पाइनेछ। अरूको भरपर्दा धोका पाइएला।
मकर – खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ।
कुम्भ – मनग्य धन तथा भौतिक वस्तु लाभ हुने समय छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ
मीन – वादविवादमा परिने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ।

 ठेगाना :

ज्योतिष विज्ञान अनुसन्धान केन्द्र
जगन्नाथ , बुढानिलकण्ठ न पा , काथमाडौ , नेपाल ।
सम्पर्क फोन : ९८४१४०५०७३/ ९८१३३४०५९५
ज्योतिष गुरु तुलसी भारद्वाज निरौला ।

 

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ५ : ४७ बजे