२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नेपाली सुन्दरी सबी थापाले जितिन् भारतको ‘ड्याज्लीङ डिभा’ अवार्ड



१० दिनसम्म ‘ट्यालेन्ट स्टार नेपाल २०१९’ कि विजेता पिङकी तामाङले तालिम दिएकी थिइन्

काठमाडौं
४ कार्तिक । भारतको जयपुरमा गत अक्टोबर ६ मा भएको ‘मिस टिन अफ द युनिभर्स’मा नेपाली सुन्दरी सबी थापाले विधागत तर्फको ‘ ड्याज्लीङ डिभा ’ अवार्ड जितेकी छन् ।
उक्त प्रतियोगितामा सबीले उक्त विधागत उपाधि पोल्टामा पारेकी हुन् । सबीलाई नेपालबाट परिवर्तन इभेन्ट हाउसले प्रतियोगितामा पठाएको थियो । रौतहटकी सबी १८ वर्षकी छिन् ।
प्रतियोगितामा जानु अघि उनलाई १० दिनसम्म ‘ट्यालेन्ट स्टार नेपाल २०१९’ कि विजेता पिङकी तामाङले तालिम दिएकी थिइन् भने उनको पहिरनको डिजाइन गोकर्ण गुरुङले गरेका थिए । सबीले प्रतियोगितामा राष्ट्रिय पोसाक विधामा तामाङ पोसाक लगाएकी थिइन ।
२१ देशका १४ देखि २० वर्षसम्मका सुन्दरी सहभागी परिवर्तन इभेन्ट हाउसकी नेसनल डिरेक्टर सोनिया जिआरका अनुसार यो प्रतियोगिता एक सातासम्म चलेको थियो ।
सबीले शीर्ष उपाधि नजिते पनि विधागततर्फको उपाधि जित्न पाउँदा खुशी व्यक्त गरिन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ७ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।