२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘बम बहादुर’ले उठायो गोर्खाल्याण्डको मुद्दा, भारतमा समेत प्रर्दशनको तयारी



आन्दोलन अब खुकुरी र बन्दुकले होइन दिमागले गर्नुपर्छ साथी

काठमाडौं
चलचित्र ‘बम बहादुर’ले गोर्खाल्याण्डको मुद्दा उठाएको छ ।
युट्युवमार्फत सार्वजनिक टिजरमा गोर्खाल्याण्डको माग राखेर युद्धमा होमिएको दृश्य सार्वजनिक गरिएको छ ।
अभिनेता सौगात मल्लको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘बम बहादुर’को टिजरमा केही युवाहरु बन्दुक बोकेर हिडिरहेका छन् । टिजरमा समेटिएको संवादमा भनिएको छ – ‘आन्दोलन अब खुकुरी र बन्दुकले होइन दिमागले गर्नुपर्छ साथी’ ।
चलचित्रको टिजरमा गोर्खाल्याण्ड हाम्रो माग हो । हाम्रो जन्मसिद्ध अधिकार हो । भारतको संविधानले दिएको हक हो । भन्ने संवाद समेत सुनिन्छ । टिजरमा १९८६ सालको कथा रहेको समेत खुलाएको छ ।
चलचित्रले नेपालको कुटनीतिक क्षेत्रमा समेत तरंग ल्याउने संकेत गरेको छ ।

टिजर सार्वजनिक गर्दै यस चलचित्रको प्रर्दशन मिति आगामी पुस ५ गतेलाई तोकिएको छ । यो चलचित्र नेपाल र भारतमा एकै दिन प्रर्दशनको तयारी गरिएको छ ।

चलचित्रले भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको सङ्घर्षका पलहरूलाई उठाएको छ

चलचित्रका निर्देशक जोन राईले गरेका छन् । बिस्ट ब्रदर्स फिल्म्स प्रा.लि.को निर्माणमा बनेको यस चलचित्रको प्रमुख भूमिकामा सौगात मल्लको साथमा कलाकारहरू प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिस्ट कार्की, सुरेश पन्चकोटी लगायतको अभिनय रहेको छ ।

‘बम बहादुर’का निर्माता सञ्जीव सार्की हुन् । जोन राई र रुपेश तामाङको कथा र पटकथा रहेको यस चलचित्रको छायाङ्कन सुजोय कुमार घोष ‘मुन्ना’ले गरेका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  १० : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।