५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता दयाहाङ चलचित्र ‘कार्साङ’मार्फत शेर्पा भेषमा देखिदै



अभिनेता दयाहाङ राईलाई सधै उस्तै भूमिकामा देखिने आरोप छ । तर चलचित्र ‘कार्साङ’ले त्यो भ्रम तोड्न सक्ने अपेक्षा गरिएको छ

काठमाडौं
अभिनेता दयाहाङ राई चलचित्र ‘कार्साङ’मार्फत शेर्पाको भूमिकामा देखिने भएका छन् ।
यस चलचित्रमार्फत दर्शकले शेर्पा समुदायको संस्कृती पनि अनुभूत गर्न पाउने निर्माण पक्षले जानकारी दिएको छ ।
चलचित्रमा अभिनेता दयाहाङ राईसँगै सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायत कलाकारको अभिनय छ । अभिनेत्री सिर्जना निङलेखुको यो डेब्यु चलचित्र हो ।
सधैं भूईमान्छेको मौलिक कथामा देखिदै आएका अभिनेता राईले फरक चरित्र पस्कने अपेक्षा गरिएको छ ।
अभिनेता दयाहाङ राईलाई सधै उस्तै भूमिकामा देखिने आरोप छ । तर चलचित्र ‘कार्साङ’ले त्यो भ्रम तोड्न सक्ने अपेक्षा गरिएको छ ।
चलचित्र ‘कार्साङ’ पुस २६ गत देशभर प्रर्दशनको तयारीमा छ । उनको चलचित्र ६ महिनापछि प्रदृशन हुन लागेको हो । असार २८ गते उनले अभिनय गरेको चलचित्र ‘घर ज्वाईं’ प्रर्दशन भएको थियो ।
‘कार्साङ’ यम शेर्पाको डेव्यु निर्देशन हो । ‘कार्साङ’को कथा पनि निर्देशक स्वयंले लेखेका छन् ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा पुरुषोत्तम प्रधान छायांकार हुन् । उनी निर्माता पनि हुन् ।
चलचित्रको सहनिर्माता गोविन्द बोहरा हुन् भने कार्यकारी निर्माता आङछिरिङ शेर्पा हुन् ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  १० : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।