१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ’एक्टरः टेक वन’मा अभिनेता प्रदिप खड्का परम्परागत शैलीमा प्रस्तुत



अमेरिकाबाट नेपाल फर्केर चलचित्रमा डेव्यु गरेकी अभिनेत्री दिव्या रायमाझीको कारण पनि पछिल्लो समय यस चलचित्रको चर्चा बढ्दै गएको छ

चलचित्र प्रेमगीत ३ को पोस्टर सार्वजनिक भएसँगै अभिनेता प्रदिप खड्काको चर्चा सुरु भयो । प्रर्दशनसँगै विस्तारै चलचित्रले चर्चा कमायो ।
धेरै चर्चा र चासोको बीच अभिनेता खड्का पछिल्लो समय चलचित्र ’एक्टरः टेक वन’मा अनुबन्धित भए । उनको चर्चासँगै यस चलचित्रको सुरुबाटै होहल्ला बढ्यो ।
आगामी माघ १६ गते प्रर्दशनको तयारीमा रहेको यस चलचित्रको परम्परागत शैलीमा अभिनेता खड्कालाई प्रस्तुत गरिएको छ ।

 

पोस्टरमा अभिनेत्री दिव्यालाई भन्दा आनालाई प्राथमिकता दिइएको पोस्टरमा देख्न सकिन्छ ।

उनको अनुहारमा घाउचोट देखिन्छ भने कोइराला चुरोट तान्दै तस्विर हेरिरहेका छन् । १० बर्षपछि चलचित्रमा फर्केका कोइराला नकारात्मक भूमिकामा रहेको पोस्टरले संकेत गरेको छ ।
दुई नयाँ पोस्टरहरू र मोशन पोस्टर सार्वजनिक भएसँगै तुलानात्मक रुपमा अभिनेता प्रदिपको भूमिकाबारे अड्कलबाजी सुरु भएको छ ।
विजय बस्यालले डिजाइन गरेको पोस्टरमा कलाकारहरू प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी र राजबल्लभ कोइराला छन् साथै अर्को पोस्टरमा अभिनेता द्वय खड्का र कोइरालालाई देख्न सकिन्छ । चलचित्रको पोस्टरमा पात्रहरुबीचको द्वन्द्वात्मक दृश्यहरुतर्फ संकेत गरेको छ ।

दुवै पोस्टरमा अभिनेता खड्कालाई प्राथमिकता दिइएको छ । पोस्टरमा अभिनेत्री दिव्यालाई भन्दा आनालाई प्राथमिकता दिइएको पोस्टरमा देख्न सकिन्छ
अमेरिकाबाट नेपाल फर्केर चलचित्रमा डेव्यु गरेकी अभिनेत्री दिव्या रायमाझीको कारण पनि पछिल्लो समय यस चलचित्रको चर्चा बढ्दै गएको छ । दिव्या अभिनेता दिलीप रायमाझीकी छोरी समेत हुन् ।
यस चलचित्रलाई राजन भुसालले निर्देशन गरेका छन् चलचित्रमा प्रदिप, आना, दिव्या, राजबल्लभका साथै दिव्य देव, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ ।
अदृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी र सह–निर्माता अनीश भुसाल रहेका छन् ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ९ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।