१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘कार्साङ’ हेरेपछि चलचित्रकर्मीको उत्साहजनक प्रतिकृया, ‘मौलिक चलचित्र रहेछ’



चलचित्र ‘कार्साङ’मा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय  छ

काठमाडौं

बुधबार चलचित्र ‘कार्साङ’को राजधानीको कमलपोखरीस्थित एक चलचित्र भवनमा ‘ग्राण्ड प्रिमियर’ गरिएको छ । चलचित्र हेरेपछि सहभागी चलचित्रकर्मीहरुले उत्साहजनक प्रतिक्रिया दिएका छन् ।

धेरै चलचित्रकर्मीले  शेर्पा समुदायको संस्कृति अनुभूत गर्न पनि यो चलचित्र हेर्नैपर्ने बताएका हुन् ।

प्रिमियरमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, निर्देशक तथा कलाकार दीपाश्री निरौला, निर्देशक दीपेन्द्र के खनाल, वितरक, निर्माता तथा निर्देशक अशोक शर्मा, बसन्त निरौला, कलाकार केदार घिमिरे ’माग्ने बुढा’, हास्य कलाकार किरण केसी (रातामकै), कवि विप्लव प्रतीक, कलाकार अनुप बराल, मनिष राउत, गायक कमल खत्री, मेलिना मैनालीलगायत कलाकार सहभागी भए ।

चलचित्र हेरे पछि केदार घिमिरेले ‘कार्साङ’ अत्यन्तै राम्रो चलचित्र बनेको प्रतिक्रिया दिए ।
कलाकार जितु नेपालले आफूले चरित्रलाई न्याय हुने भूमिका निभाउने प्रयास गरेको बताए । कलाकार तथा निर्देशक दिपाश्री निरौलाले चलचित्र हरेपछि ‘कार्साङ’ नेपाली संस्कृतीको एउटा सुन्दर चलचित्र रहेको बताइन् ।

बुधबार सिटी सेन्टर काठमाडौंमा आयोजना गरिएको प्रिमियरमा शेर्पा समुदायको बस्तीमा पुगेको झल्को दिन्थ्यो । शेर्पा समुदायको नृत्यसँगै गुम्बा झैँ धजापताकाले सजाइएको सिनेमा हलको वेटिङ कक्षले भिन्न माहोल तयार पारेको थियो ।

पुस २६ गतेबाट प्रर्दशन सुरु हुने चलचित्र ‘कार्साङ’ यम शेर्पाले निर्देशन गरेका छन् ।
चलचित्र ‘कार्साङ’मा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  १२ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।