११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


कोञ्जोसोमका चार सयभन्दा धेरै किशोरीहरुलाई क्यान्सरविरुद्धको खोप, माघ २२ देखि २५ गतेसम्म अभियान



चापागाँउ
दक्षिण ललितपुरस्थित कोञ्ज्योसोमका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप सञ्चालन गरिने भएको छ ।
गाँउपालिकाका अनुसार माघ २२ देखि २५ गतेसम्म यस क्यान्सरविरुद्ध एचपिभी खोप कार्यक्रम सञ्चालन गरिन लागिएको हो ।
गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक जयराम सञ्जेलका अनुसार विद्यालय जाने र नजाने ६ देखि १० कक्षासम्मका चार सय भन्दा बढी किशोरी छात्राहरु तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समुहका किशोरीहरुलाई यो खोप दिइनेछ ।

गाउँपालिका स्तरीय खोप समन्वय समितिले कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाभित्रका ११ विद्यालयहरुमा खोप कार्यक्रम लागु गर्ने तयारी गरेको छ । विद्यालय जान छुटेका किशोरीहरुलाई सबै वडाका स्वास्थ्य संस्थाबाट खोप उपलब्ध गराईने गाँउपालिकाको योजना छ ।

विश्वमै भयावह प्रकोपको रुपमा फैलिरहेको पाठेघरको मुखको क्यान्सर विरुद्ध नेपाल सरकारले देशैभरि अभियान सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  २ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।