५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘हल्कारा’ नेपाली ओटीटी एमएसएम भिडियोबाट विश्वभरबाट हेर्न सकिने



काठमाडौं
९६औँ एकेडेमी अवार्ड (अस्कर)मा नेपालबाट सिफारिस भएको चलचित्र ‘हल्कारा’ नेपाली ओटीटी प्लेटफर्म एमएसएम भिडियोमा आएको छ । यसमा चलचित्रलाई विश्वभरबाट हेर्न सकिन्छ ।
अभिनेता महेश त्रिपाठी र बिनिता थापामगरको प्रमुख अभिनय रहेको ‘हल्कारा’ लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् ।

यो चलचित्रले संयुक्त राज्य अमेरिकाको लस–एन्जलसमा आयोजित एसियन वल्र्ड फिल्म फेस्टिभलमा छनोट भएको थियो भने ५५औँ वल्र्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा उत्कृष्ट चलचित्रसँगै महेश त्रिपाठीलाई उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीलाई उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड जितेको थियो ।

हरेक घरको कथा, प्रवासी युवक र उसलाई पर्खेर बस्ने एक नारीको कथा बोल्ने यो चलचित्रले अन्य केही अन्तर्राष्ट्रिय महोत्सवहरूमा समेत सहभागिता जनाएको छ । नेपाल अमेरिका इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा ‘बेस्ट लङ्ग न्यारेटिभ फिल्म’ बनेको थियो भने फ्लिकर रोड आईल्याण्ड इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा सेमी फाइनल सम्म पुगेको थियो । त्यस्तै, युकेको कार्माथान बे फिल्म फेस्टिभल २०२२ मा अफिसियल सेलेक्सन भएको थियो ।

यस चलचित्रमा महेश र बिनिताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ, विद्या कार्की, प्रकाश दाहाल, विष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय रहेको छ ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ८ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।