भक्तपुर
भक्तपुरको राधे राधेस्थित एक हलमा चलचित्र ‘एक्टरः टेक वन’का प्रिमियरमा सहभागीले चलचित्रको प्रसंसा गरेका छन् ।
भोली माघ १६ गते सहिद दिवसको विशेष अवसर पारेर प्रर्दशन सुरु हुन लागेको यो चलचित्रको प्रिमियरमा चलचित्रका कलाकार अभिनेता प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी र राजबल्लभ कोइरालालगायत सहभागी भए ।
प्रिमियरस्थललाई चलचित्र निर्माण पक्षले झकिझकाउ बनाएर सझाएको थियो । चलचित्रको सो कार्यक्रममा नाम चलेका कलाकार,निर्देशक र निर्माता,पत्रकार र शुभेच्छुकहरुको भीड थियो ।
चलचित्र निर्देशक रेनसा राईले अभिनेत्री दिव्या रायमाझीको अभिनयको प्रशंसा गरिन् । चलचित्र हेरेर आफूले मनोरञ्जन पाएको बताइन् । उनले दिव्यालाई आफूले चलचित्रमा डेव्यु गराउन चाहेको खुलसा गरिन् ।
अभिनेत्री बर्षा राउतले चलचित्र हेरेर मज्जा आएको बताइन् । उनमा कलाकारमा हुनुपर्ने लक्षण पाएको अनुभव सुनाइन् ।
हास्य कलाकार मदनकृष्ण श्रेष्ठले पनि कलाकारहरुको छेउमा उभिएर उनीहरुको कामको तारिफ गरिरहे । उनले एउटा राम्रो चलचित्र हेरेको अनुभव साटेका थिए ।
चलचित्र सुरु हुँदा दर्शकको हुटिङ ज्यादा सुनिन्थ्यो । सिटी बजाएर अभिनेता प्रदिप र राजवल्लभको प्रशंसा गर्ने दर्शक पनि हलमा उत्तिकै थिए ।
चलचित्र डेव्यु निर्देशक राजन भुसालले निर्देशन गरेका हुन् ।
यस चलचित्रमा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका े अभिनय हेर्न सकिन्छ ।
२ घण्टा १५ मिनेट लामो चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । यस अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह–निर्माता अनीश भुसाल रहेका छन् ।








प्रतिक्रिया