५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


निर्देशक ऋषिराज आफै ‘हिरो’, आश्विनीसँगको अनस्क्रिन रोमान्स रहेको गीत ‘कर्णाली काटौँला’ सार्वजनिक



सामान्यतयाः निर्देशकमा चलचित्रको हिरो बन्ने भोक जागेको पाइदैन । तर निर्माणाधिन चलचित्र ‘द्रोपदी’का निर्देशक समेत रहेका ऋषिरजा आचार्य आफै हिरो बनेर पर्दामा देखिएका छन् ।

राजधानीमा निर्देशक आचार्य र अभिनेत्री आश्विनी शाहीसँर्ग अनस्क्रिन रोमान्स रहेको चलचित्र‘द्रोपदी’को पहिलो गीत ‘कर्णाली काटौँला’ सार्वजनिक गरिएको हो ।
डोल्पाको सौन्दर्यलाई सुन्दर ढंगले चलचित्रमा उतारेर सार्वजनिक गरिएकोे गीतमा डोल्पामै अवस्थित शे–फोक्सुन्डो तालको दृश्य पनि समावेश छ ।

 

बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गीतमा फिल्मका मुख्य अभिनेता रवि ओडको स्वर छ भने उनलाई इन्द्रकला राईले साथ दिएकी छन् । निर्देशक आचार्य स्वयंको शब्द रचना रहेको गीतमा गायक ओडको संगीत छ । गीत रोमान्टिक भावको छ ।

विष्णु ठडराईको कोरियोग्राफीमा बनेको गीतको भिडियोमा फिल्मका मुख्य दुई जोडी ऋषिराज आचार्य र आश्विनी शाही तथा रवि ओड र सुजता तिमल्सिनाबीचको प्रेमलाई देखाइएको छ ।

आगामी चैत ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चिलचित्रमा कविराज भाम, जेएलसन अधिकारी, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी लगायतको पनि अभिनय छ । मोहनकुमार झिल्लुको छायांकन रहेको चलचित्रमा निर्देशक आचार्य र प्रकाश ज्ञवाली निर्माता तथा विष्णु ठडराई सह–निर्मातामा छन् । लेखन ऋषिराज स्वयंको हो ।

चलचित्रको नाम ‘महाभारत’को द्रौपदी पात्रसँग मिल्ने भएपनि कथा त्यसमा आधारित नरहेको निर्देशक आचार्यको भनाइ छ । उनका अनुसार चलचित्रमा देशको यथार्थपरक कथा उठाइएको छ । ‘द्रोपदी’ उनको छैटौं निर्देशित चलचित्र हो । यसअघि ‘सपना तिम्रो मेरो’, ‘ड्रिम गर्ल’, ‘मिस्टेक’, ‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले’ र ‘चुरीफुरी’को निर्देशन गरिसकेका उनी सेन्सर बोर्डका सदस्य पनि हुन् ।

 

 

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ७ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।