१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘लाज शरणम्’को प्रचार रोक्न अदालतले दिएको आदेशप्रति निर्देशक समाजको गम्भीर ध्यानाकर्षण



आदेश जारी हुँदा चलचित्रको करोडौं लगानी जोखिममा परेको छ र यसले सिर्जनशील सर्जकलाई नराम्ररी झस्काएको छ

चलचित्र ‘लाज शरणम्’को प्रचार रोक्न अदातलले दिएको आदेशप्रति निर्देशक समाजको गम्भीर ध्यानाकर्षण जनाएको छ ।
समाजले विज्ञप्ती प्रकाशन गरेर फाट्टफुट्ट आएका प्रचार सामग्रीको भरमा उच्च अदालत पाटनले चलचित्रमाथि अंकुश लगाउने आदेश दिएको आरोप लगाएको हो ।

समाजका अध्यक्ष जनकदीप पराजुलीले चलचित्रको सेन्सर बोर्डले जाँच गर्नुपर्नेमा आदेश जारी हुँदा करोडौं लगानी जोखिममा परेको उनको विज्ञप्ती जारी गरेर असन्तुष्टि जनाएका छन् ।

समाजका विभिन्न पात्र र प्रवृत्तिलाई लिएर कथानकको रुपमा बनाइने चलचित्रलाई अंकुश लगाएको विज्ञप्तीको आशय रहेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘ आदेश जारी हुँदा चलचित्रको करोडौं लगानी जोखिममा परेको छ र यसले सिर्जनशील सर्जकलाई नराम्ररी झस्काएको छ ।’

समाजले ‘लाज शरणम्’को कानूनी लडाइँमा ऐक्यवद्धता जनाउदैसम्बन्धित संघसंस्थालाई गोलबद्ध हुन आग्रह गरेको छ ।
विज्ञप्तीमार्फत अध्यक्ष पराजुलीले सम्भावित चुनौतिहरुलाई मध्यनजर गरी परिपक्वताका साथ काम गर्न समेत आग्रह गरेका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ५ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।