२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


वालवालिकाको रियालिटी शो ‘कमेडी किड्स’ को डिजिटल अडिसन खुला



 

काठमाडौँ
नयाँ रियालिटी शो ‘कमेडी किड्स’ को आज महाशिवरात्रीको दिनबाट डिजिटल अडिसन खुला गरिएको छ।
‘वसन्त पञ्चमी’ को शुभ अवसरमा रघुजी फिल्म्सले घोषणा गरेको रियालिटी शो ‘कमेडी किड्स’ मा भाग लिन इच्छुकले बढीमा २ मिनेट लामो भिडियो बनाएर व्हाट्स एप,जिमेल अथवा भाइबरमा पठाउन सक्नेछन्।
भिडियो मोबाइलबाट खिचेर पठाउन सकिनेछ। सहभागीले एक्लै अथवा समूहमा भिडियो बनाएर पठाउन सक्नेछन्। डिजिटल अडिसनबाट छानिएकालाई फिजिकल अडिसनमा बोलाइने र उत्कृस्ट छानेर शोको फम्र्याट अनुसार कार्यक्रममा अघि बढाइने निर्देशक खनालले बताए। ।
भिडियो पठाउँदा आफ्नो नाम ठेगाना र सम्पर्क नम्बर अनिबार्य समाबेश गर्नुपर्नेछ । भिडियो पठाउने नम्बर ९७०२०९१४२१ रहेको छ आयोजकले जानकारी दिएको छ ।वालवालिकाहरुलाई लक्षित गरि निर्माण गरिने शोमा ४ देखि १४ वर्ष सम्म उमेर समुहकाले भाग लिन पाउने रघुजी फिल्म्सका संचालक रघुनाथ सापकोटाले बताएका छन् ।
सन्तोष खनालले निर्देशन गर्ने शोको जुरी टिम र अन्य टिम फाइनल भई सकेको र अब छिट्टै सार्वजनिक गरिने आयोजक टिमले जानकारी दिए ।
डिजिटल पार्टनर ओएसआर डिजिटल र भोटिंग पार्टनरमा ओएसआर कनेक्ट रहेको छ। रियालिटी शो राष्ट्रिय टेलिभिजनबाट प्रशारण हुनेछ । प्रतियोगितामा विजेताले नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ९ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।