२३ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अविरल थापाको गीतमा अभिनेता राजवल्लभको अभिनय



काठमाडौं
सफल निर्माता अविरल थापाले गीतमा अभिनेता राजवल्लभ कोइरालाले अभिनय गरेको भिडियो सार्वजनिक भएको छ ।
गीतमा लोकप्रिय अभिनेता राजवल्लभ कोइराला र सीतादेवी तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ यस गीत राजवल्लभ कोइराला नेपाल आएको मौका छोपी सो म्युजिक भिडियाको छायाँकन गरिएको थियो ।

भिडियोलाई चलचित्र सानो संसार चलचित्रका निर्देशक सिद्धार्थ पुडासैनीले निर्देशन गरेका हुन् । गीतमा पोखराका चर्चित गायक विनोद बानियाँको स्वर र संगीत रहेको छ ।
सो गीत लेखन र निर्माण थापाले गरेका हुन् । थापाले यस अघि ’आउँदैछु कि जाँदैछु‘, शिशिर योगीको स्वरमा रहेको आफ्नै देशमा बस साथी,प्रमोद खरेलको स्वरमा यो झरीमा तिमीसँगै,युनिटी ब्यान्डको आशा अझै मरेको छैनलगायत गीतहरु बजारमा ल्याईसकेका छन् ।
गीतकार थापाले सबैलाई उत्प्रेरणा दिने यस गीतलाई आम जनमानसमा पुर्याउन र सामाजिक संजाल मार्फत प्रवाह गरिदिन सबैलाई आग्रह गरेका छन् ।

 

 

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ९ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।