२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गोदावरी नगरपालिका सार्वजनिक जग्गा खाली गराउदै



ललितखबर
गोदावरी नगरपालिकाभित्र सार्वजनिक जग्गाको संरक्षण हुन नसकेको व्यापक गुनासो आइरहेको सन्दर्भमा नगरपालिकाले एक जग्गा सार्वजनिक रहेको ठहर गर्दै खाली गराउन सूचना प्रकाशन गरेको छ ।
नगरपालिका ११ चापागाँउस्थित ज्ञानबहादुर महर्जन र सन्तुमाया महर्जनको १३ जना परिवार बस्दै आएको साविक चापागाँउ गाविस ९ (ग) २८५ कित्ता नम्बरको जग्गा मालपोत र नापी कार्यालयको फिल्ड बुकमा सार्वजनिक जग्गामा रहेको खुलेकोले जग्गा खाली गराउन पत्राचार गरेको हो ।


नगरपालिकाले ७ दिन भित्र सो जग्गा खाली गराउन र नगराए कानून अनुसार कारवाही गर्ने चेतावनी समेत दिएको छ । नगरपालिका आफैले खाली गराउनु पर्ने अवस्था आए सो वापत लाग्ने खर्च समेत भराउने जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  ५ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।