२२ मंसिर २०८२, आइतबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘लाज शरणम्’ अन्तर्राष्ट्रिय बजारमा कीर्तिमानी प्रदर्शन



काठमाडौं
चलचित्र लाज शरणम्ले विश्वभर एकै दिन सबैभन्दा धेरै हलमा प्रर्दशन हुने सिनेमाको रेकर्ड बनाएको छ ।

सेभेन सिज सिनेमाका प्याट्रिक सुवेदीका अनुसार ‘लाज शरणम्’ले ओभरसिज मार्केटमा इतिहासमा धेरै हलमा प्रदर्शन गरेर नयाँ कीर्तिमान कायम गरेको हो ।
“अमेरिका र क्यानडाका ७७ हलहरूमा प्रर्दशन भएको छ । उत्तर अमेरिकामा एकै दिन सबैभन्दा धेरै हल पाउने चलचित्रको रेकर्ड बनाएको छ,” उनले भने ।
अष्ट्रेलियामा ३० स्थानमा ‘लाज शरणम्’ प्रर्दशन भएको थियो । “विश्वभर एकै दिन सबैभन्दा धेरै हलमा प्रर्दशन हुने सिनेमाको रेकर्ड बनाएको छ,” वितरक सुवेदीले भने ।
नेपालमा फेब्रुअरी २६ मा प्रदृशन भएको चलचित्र त्यसको एक दिनपछि मध्यपूर्वका चार देशमा प्रदर्शनमा आएको थियो । मध्यपूर्वका चार देशका ४० सिनेमा घरमा प्रर्दशन भएकोे जानकारी दिए ।

फेब्रुअरी २८ मा अमेरिका, क्यानडा र अष्ट्रेलियामा यो चलचित्र भएको भएको छ ।

‘लाज शरणम्’ मार्च ७ बाट यूकेका सिनेवल्र्ड, भीयूई, शोकेस, सिनेमासमा पनि प्रदर्शन हुँदैछ ।

चलचित्र ‘लाज शरणम्’ नेपालमा बुधबारबाट प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको छ ।

‘लाज शरणम्’ले पहिलो दिन नेपालमा एक करोड १० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको निर्माण पक्षले दाबी गरेको छ ।

चलचित्रमा सिताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, महेश त्रिपाठी, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा छन् ।

‘लाज शरणम्’लाई कुमार कट्टेलले निर्देशन गरेका छन् ।

जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता छन् । राम नरेश शाह र सिर्जना खड्का सहनिर्माता छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  ११ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।