काठमाडौं
शुक्रवारबाट देशभरका हलहरूमा प्रर्दशन सुरु भएको चलचित्र ‘होस्टेल ३’का नायक पारस बम ठकुरी प्रति दर्शकको आर्कषण देखिएको छ ।
चलचित्रको प्रर्दशनपछि हल हल पुगेर प्रतिकृया दिइरहेका कलाकार वरपर दर्शक झुम्मिएको देख्न सकिन्छ ।
चलचित्र हेरेपछि डेव्यु अभिनेता ठकुरीलाई समर्थकहरुले अंगालो हालिरहेको भिडियोहरु सामाजिक सञ्जालमा देख्न पाइन्छ भने फोटो र भिडियो बनाउनेहरु पनि उत्तिकै देखिन्छन् । दर्शक भेट्न कलाकारहरुलाई हल पुग्दा बोकेर नचाएका छन् ।
चलचित्रका अर्का कलाकार पदम तामाङको कलालाई पनि दर्शकले मन पराई रहेका छन् । सिक्किम घर भईं नेपाली चलचित्रमा प्रवेश गरेका उनको कमेडी दृश्यमा दर्शक हाँसेको सुन्न सकिन्छ भने । प्रतिकृया पनि उत्तिकै राम्रो दिइरहेका छन् ।
शुक्रबार तुलनात्मक रुपमा दर्शकको चाप देखिएको थिएन । शनिबार हलमा थुप्र दर्शक आएको निर्माण पक्षको भनाई छ ।
निर्माण पक्षका हनुसार शुक्रवार देशभरका हलहरूमा करिब ५०% अकुपेन्सी थियो भने शनिवार बिहानैदेखि धेरै हलहरूमा शतप्रतिशत र केहीमा ८० देखि ९० प्रतिशतसम्म अकुपेन्सी रहेको काठमाडौं उपत्यकाका वितरक गोविन्द शाहीले दाबी गरेका छन् । काठमाडौं उपत्यका बाहिरका वितरक रोहित कट्टेलले अपेक्षाभन्दा व्यापक रूपमा चलचित्रले सफलता प्राप्त गरेको प्रतिकृया दिइका छन् ।
चलचित्रमा पारस बम, सिम्रन पन्त, पदम तामाङ, आशिष घिमिरे, हेना नगरकोटी, सन्तोष बानियाँ, समा पराजुली, विलियम पिएनले अभिनय गरेका छन् ।सशान कँडेल सानेले चलचित्र निर्देशन गरेका हुन् ।
निर्देशक सशान कँडेलले दर्शकबाट अप्रत्याशित माया पाएकोमा खुसी व्यक्त गर्दै भने, “चलचित्रले दुई दिनमै उत्साहजनक व्यापार गरेको छ, तर मेरो लागि सबैभन्दा ठुलो उपलब्धि दर्शकहरूको माया र सकारात्मक प्रतिक्रिया हो ।”
चलचित्रको माधव शर्माले पटकथा तथा संवाद लेखेका हुन् भने उनी एसोसियट निर्देशक पनि हुन् । चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह–निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । शङ्कर कोइराला चलचित्रको कार्यकारी निर्माता हुन् ।








प्रतिक्रिया