काठमाडौं
पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाडौं आउँदा राजधानीमा जम्मा भएको भीडको दृश्य चलचित्र ‘माग्ने राजा’का लागि छायाँकन गरिएको छ ।
चलचित्रका ऋषि लामिछानेका अनुसार चलचित्रका लागि भीडको दृश्य आवश्यक परेकोले आयोजकहरुसँगको अनुमतीमा सो दृश्यहरु छायाँकन गरिएको छ ।
छायांकनको क्रममा पुर्वराजा ज्ञानेन्द्र शाहको अनुहार भने खिचिएको छैन । चलचित्र छायाँकनका लागि पाँच वटा क्यामेरा प्रयोग गरिएको थियो ।
कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ‘माग्ने राजा’को भूमिकामा रहेको यस चलचित्रमा वर्षा सिवाकोटी, आर्यन सिग्देल, विल्सन विक्रम राई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
मुनाल घिमिरेको लगानीमा निर्माण भइरहेको चलचित्र पत्रकार सामिप्यराज तिमिल्सिनाले लेखेका हुन् ।
चलचित्र आउँदो तीजमा प्रर्दशन गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ ।








प्रतिक्रिया