१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


मोबाइलको लतले समाजमा पार्ने असर चलचित्र ‘झिल्को’मा



काठमाडौं
पछिल्लो पुस्ता मोवाइल फोनमा बरालिएको छ । कतिपय वालवालिका मोवाइलको तलका कारण भविश्य बर्बाद गरिरहेका छन् । सामाजिक सञ्जाल, विभिन्न खेल र सझिलै विभिन्न विषयबस्तु हेरे मनोरञ्जन लिन सकिने मोवाइलको तलका कारण समाजमा परेको असरबारे चलचित्र निर्माण भएको छ ।

सती प्रथामा आधारित चलचित्र ‘झोला’ र दाइजो प्रथामा आधारित चलचित्र ’भोर’ निर्देशक गरेका निर्देशक यादवकुमार भट्टराईले चलचित्र चलचित्र ‘झिल्को’मा मोवाइल फोनले अल्झाएका कारण समाजमा परेको असर देखाएको छ ।
च्लचित्र ‘झिल्को’को टिजर भर्खरै सार्वजनिक गरिएको छ । टिजरमा विशेषगरी अहिलेको पुस्तामा बढ्दो डिजिटल निर्भरता र त्यसले पार्ने मनोवैज्ञानिक, सामाजिक तथा पारिवारिक प्रभाव र मोबाइलका कारण सम्बन्धमा आउने दरार, व्यक्तिहरूबीचको दूरी र वास्तविक जीवनभन्दा डिजिटल संसारमा गुम्सिँदै गएका पात्रहरूको कथा चलचित्रले भनेको छ ।
चलचित्रमा आयुषि ढकाल, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जेभिन श्रेष्ठ र जेभिस श्रेष्ठको अभिनय रहेको छ ।
कथा र पटकथा निर्देशक भट्टराईले अरुणदेव जोशी र देवव्रतसँग मिलेर तयार पारेका हुन् । चलचित्र ‘झिल्को’ आगामी वैशाख १९ गते प्रर्दशन हुँदैछ ।

 

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  १० : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।