काठमाडौं
फागु पूर्णिमाको अवसर पारेर गत बिहीबारदेखि प्रदर्शन सुरु भएको चलचित्र ‘अञ्जिला’ दर्शक तान्दै गएको छ । निर्माण पक्षका अनुसार पछिल्ला दिनहरुमा हलहरुले निरन्तर शो थप्दै लगेका छन् ।
आएको नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित चलचित्र ’अञ्जिला’ले पहिलो दिन गतविहीबार १ सय ५ शो पाएको थियो ।
वितरक करण श्रेष्ठका अनुसार, चलचित्रले प्रदर्शनको पहिलो दिन १ सय ५ शोबाट यात्रा सुरु गरेको चलचित्र हेर्न दर्शकको बढ्दो मागसँगै शुक्रवार १ सय १४, शनिवार १ सय ३४ र मङ्गलवारसम्म आइपुग्दा १ सय ७० भन्दा बढी शो पाएको छ ।
प्रारम्भिक दिनदेखि नै सकारात्मक प्रतिक्रियाका कारण, चलचित्रले थप शोहरू प्राप्त गरेको निर्देशक मिलन चाम्सले बताएका छन् ।
चलचित्र ’अञ्जिला’ले कठिन पारिवारिक परिवेशबाट व्यावसायिक फुटबल खेलाडी बन्ने सपना बोकेर राजधानी छिरेकी एन्जिला तुम्बापो सुब्बाको प्रेरणादायी जीवनयात्रालाई जीवन्त रूपमा प्रस्तुत गरेको छ ।
चलचित्रमा माओत्से गुरुङ र दयाहाङ राईले एञ्जिलाका बुबाको भूमिका निर्वाह गरेका छन् भने सिर्जना सुब्बाले आमाको भूमिका निभाएकी छन् । सुमिन गुरुङले दाजुको भूमिका, सुनिल थापाले कोचको भूमिका निभाएका छन् । साथै, यसमा बुद्धि तामाङ, विजय बराल, मञ्जु श्रेष्ठ लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।
चलचित्रले पहिलो तीन दिनमा २ करोड ७ लाख रुपैयाँको व्यापार गरेको रिपोर्ट निर्माताले सार्वजनिक गरिसकेका छन् ।








प्रतिक्रिया