२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


आमालाई चरित्रमार्फत परिभाषित गर्दै कलाकार सरिता



चलचित्रमा आमा चाहिएको होइन क्यारेक्टर चाहिएको हो भन्नुभएको थियो । सिनेमामा पनि त्यस्तै छ

काठमाडौं
आमा, सबै जीवहरुको सर्वप्रिय नाम । आमाबिना कुनै पनि जीवको अस्तित्व हुन सक्दैन ।
प्रर्दशनको तयारीमा रहेको चलचित्र कर्मा की कलाकार सरिता गिरी उनै आमाको फरक परिभाषा दिने गरि आमाको चरित्रमा देखिदैछिन् ।
कलाकार गिरी चलचित्र ‘कर्मा’ले आमा चरित्रमा अभिनय गरेपछि उत्साहित छिन् ।
निर्देशक सौरभ चौधरीले आमाको भूमिका निभाउन अफर उनी खुशी थिइन् । सौरभले उनलाई ‘आमा होइन चरित्र चाहिएको छ’ भनेपछि रमाइलो लागेको बताइन् । उनले भनिन्, “चलचित्रमा आमा चाहिएको होइन क्यारेक्टर चाहिएको हो भन्नुभएको थियो । सिनेमामा पनि त्यस्तै छ ।”
चलचित्रहरुमा धेरै आमाको अभिनय गरिसकेकी गिरी चलचित्र ‘कर्मा’मा आफूले गरेको आमाको चरित्र फरक रहेको बताउछिन् ।
‘कर्मा’मा सरिता गिरी विपीन कार्कीको आमाको भूमिकामा छिन् । चलचित्रको टेलरमा अभिनेता विपिन आमालाई सम्झेर रोइरहेको दृश्य छ । यसबाट चलचित्रमा आमाको विषयमा खास कथावस्तु रहेको अनुमान गर्न सकिन्छ ।

चलचित्रमा विपीन र सरितासँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको पनि अभिनय रहेको छ ।
नयाँ वर्ष २०८२ को छेको पारेर चलचित्र ‘कर्मा’ आगामी चैत २९ गतेदेखि प्रर्दशन सुरु हुँदैछ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन गर्ने निर्माण पक्षको योजना छ ।

एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ । सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् ।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’ मा वसन्त लम्सालको लगानी रहेको छ । आर्टिस्टिक इनटरटेनमेन्टले निर्माण गरेको यो पहिलो सिनेमा हो ।
निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो ।

अर्घाखाँचीका यदुनाथ पौडेललाई जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्ध सञ्चालकमा नियुक्त गर्न जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सञ्चालक समितिलाई निर्देशन दिने तथा सुर्खेतकी पवित्रा सुवेदी र मकवानपुरका रामशरण सापकोटालाई शिक्षक सेवा आयोगको सदस्यमा नियुक्ति गर्ने निर्णय भएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ५ चैत्र २०८१, बुधबार  २ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।